सुरेन चन्द र विशाखाको गीतमा पल, सुधिर, प्रिज्मा र प्रिन्सीको दमदार नृत्य

गायक सुरेन चन्द र गायिका विशाखा शाहीको स्वरमा रहेको कस्तो सुहाको फुली बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आवाजमा दम र मेलोडी भरिएका पछिल्लो पुस्ताका लोकप्रिय गायक सुरेन चन्दको नयाँ गीत कस्तो सुहाको फुलीमा शब्द र संगीत चर्चित संगीतकार सिएल शर्माको रहेको छ ।

साहस शाक्यको एरेन्ज रहेको गीतमा चर्चित नायक पल शाह र सुधिर। श्रेष्ठसँग सुन्दरी जुम्ल्यहा दिदीबहिनीद्धय प्रिज्मा प्रिन्सी खतिवडाको गज्जब अभिनय रहेको छ । वैँशालु उमेरमा जानेर नजानेर गर्ने प्रैम र प्रेमी प्रेमीकाले गर्ने मिठा मिठा कुराहरुलाई गीतकार शर्माले रोमान्टिक शैलीमा लेखेका छन् जसमा छमछम नाच्ने उनको संगीतको तारिफ जति गरे पनि कम हुन्छ ।

प्रिज्मा, प्रिन्सीसँग सुधिर र पलको रोमान्टिक अभिनय र निर्माण यूनिटको अथक मेहेनतका कारण गीतले राम्रो चर्चा पाइरहेको निर्माण यूनिटको भनाई छ । शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियोको कोरियोग्राफी राजिव समिरको रहेको छ । सुप्रिम पराजुलीको सम्पादन तथा कलरिगं रहेको भिडियोको छायांकन अर्जुन तिवारीले गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार