महाधिवेशन प्रतिनिधि संख्या १ हजार ९९९ बनाउने एमालेको निर्णय

कात्तिक २७ गते छानिने

नेकपा ९एमाले०ले १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि संख्यामा १ हजार ९९९ बनाउने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुको माग पछि संख्या थपिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि स्थायी कमिटीले १ हजार ५३६ हुने निर्णय स्थायी कमिटीले गरेको भए पनि अब चार सय थपिँदा १ हजार ९ सय ९९ प्रतिनिधि हुने छन् ।

प्रदीप ज्ञवालीका अनुसार कात्तिक २७ गते महाधिवेशन प्रतिनिधि छानिने छ । साथै बैठकले बाँकी रहेका वडा र पालिका अधिवेशन चाँडै गर्न निर्देशन समेत दिएको छ ।

बैठकमा उपाध्यक्ष भीम रावल, केन्द्रीय सदस्यहरु हिक्मत कार्की, झपट रावलसहितका नेताहरुले प्रतिनिधिहरुको संख्या बढाउनु पर्ने माग गरेका थिए । एमालेले केन्द्रीय नेतृत्व छनोट गर्नका लागि आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा राष्ट्रिय महाधिवेशन गर्दैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार