ग्यास्ट्रिकका उपचार अब आफैँ गर्न सकिने, यस्ता छन घरेलु उपचार विधी

ग्यास्टिक रोग आम नेपालीको साझा समस्या हो । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्यालाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचको खाल्टो वरिपरी दुख्ने समस्याले सताउँछ । यसैगरी पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, वायु बढ्ने आदि ग्यास्टिकका मुख्य लक्षण हुन् ।

बच्ने उपाय

बेसारको पात : बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाएर दिनहुँ पिउन सकिन्छ । यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

अम्बाको पात : एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमालेर दिनहुँ पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

आलुको जुस : आलुलाई सफा गरेर बोक्रा हटाई चप गरेर पानीमा उमाल्नुस् । दिनकै एक ग्लास ३ पटक खाना अघि पिउनुहोस् ।

अदुवा : ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो । अदुवालाई औषधिको रुपमा पनि मानिन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ टाढा हुन्छ । यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् ।

बेकिङ सोडा : बेकिङ सोडामा धेरै मात्रामा ब्लतबअष्म भएको कारण यसले ग्यास्ट्रिकको समस्या हटाउन मदत गर्छ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा मिसाई दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् ।

दालचिनी : तातेको दूधमा आधा चम्चा दालचिनीको धूलो, मह अलिकति राखेर मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु राम्रो हुन्छ । यसले ग्यास्ट्रिकको समस्या कम गर्न मद्धत गर्छ ।

हिंग : हिंगमा पानी मिसाइ यसको पेस्ट बनाउनु र यसलाई पेटमा राखी केही समय राख्नु । यस्तो गर्दा यो समस्या हट्दै जान्छ ।

जिरा बीउ: एक ग्लास तातो पानीमा एक चम्चा जिरा बीउ राखेर उमाल्ने र केही समयसम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन गर्नुहोस् ।

लसुन : २ ३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिस्ने, जिराको धूलो, जिराको गेडालाई पानीमा राखी उमालेर नियमित सेवन गर्ने ।

सौंप : सौंप पनि एक प्रकारको औषधिकै रुपमा लिन सकिन्छ । पानीमा सौंपको दाना राखी उमाल्नस् र सेलाएपछि खानुहोस् ।

पुदिना : एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्ने र सेलाएपछि त्यसमा मह हालेर दिनको दुई र तीन पटक खानुहोस् । यसले ग्यास्ट्रिक समस्यालाई हटाउन मदत गर्दछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार