एमाले केन्द्रीय कमिटी बैठक जारी, महाधिवेशनको विषयमा छलफल केन्द्रित

१० औं राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) कोे केन्द्रीय कमिटीको बैठक जारी छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी बैठकमा महाधिवेशनमा भाग लिने प्रतिनिधिको मापदण्ड र कार्यतालिकाबारे बिहीबारको स्थायी कमिटी बैठकमा निर्णय अनुमोदन, वडा र पालिकाको अधिवेशनको रिपोर्टिङ र समीक्षाको कार्यसूची राखिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने तय गरेको थियो । आगामी मङ्सिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषद्बाट २६२ जना पदेन प्रतिनिधि हुनेछन् ।

यस्तै भूगोलबाट एक हजार १९६ र प्रवास क्षेत्रबाट २० तथा पार्टी निकट प्रत्येक जनसङ्गठनबाट पाँच जना प्रतिनिधि चयन हुनेछन् ।

१ हजार ५ सय सदस्य रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १ महिला र २ खुलासहित ३ र १ हजार सदस्यबाट १ जना प्रतिनिधि थपिनेछन् । प्रत्येक जिल्लाबाट १र१ दलित, प्रत्येक प्रदेश कमिटीबाट मजदुर १ जना प्रतिनिधि हुनेछन् । जनसंगठनबाट ५/५, केन्द्रीय विभाग/निकायलाई एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र मानेर तीन प्रतिनिधि छनोट गर्ने व्यवस्था एमालेले गरेको छ। त्यस्तै प्रवासबाट २०, पदेन प्रतिनिधि २ सय ६२ हुनेछन् । १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने व्यवस्था गरिएको छ ।

विधान महाधिवेशनमा करिब ६ हजार प्रतिनिधि थिए । अबको महाधिवेशन चितवनस्थित नारायणी नदी किनारामा र बन्दसत्र सौराहामा गरिने तय भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार