प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले शुक्रबारका लागि ८ वटा इजलास तोकेका छन् । बुधबार र बिहीबार आफ्नो एकल इजलास तोकेका प्रधानन्यायाधीश राणाले आज भने न्यायाधीश कुमार चुडालसँग संयुक्त इजलास तोकेका छन् ।
शुक्रबार राणाले न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमानसिंह राउत, मीरा खड्का र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराईको एकल इजलास, वमकुमार श्रेष्ठ र कुमार रेग्मी, टंकबहादुर मोक्तान र हरिप्रसाद फुयाल, प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माकाे संयुक्त इजलास पनि गठन गरेका छन् ।
गत आइतबारदेखि सर्वोच्चमा इजलास तोकिए पनि सुनुवाइ अघि बढ्न सकेको छैन । अदालतकै न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आइरहेका छन्। आज पनि इजलास बस्ने सम्भावना ज्यादै न्यून छ ।