कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाणलाई

प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिएका छन् ।

एक साताका लागि शुक्रबार बेलायतमा भ्रमणमा गएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका हुन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा कात्तिक १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री वा सिनियर मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्री दिने चलन छ । वर्तमान मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका खाणले कार्यवाहक जिम्मेवारी पाएका हुन् । मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नरहेकाले गृहमन्त्री खाणले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार