भलिबल प्रतियोगिता हेर्न गएकी बालिकामाथि बलात्कार, स्वास्थ्य अवस्था गम्भीर

रुकुमपश्चिममा भलिबल प्रतियोगिता हेर्न गएकी एक बालिका बलात्कृत भएकी छन् । जाजरकोटको नलगाड नगरपालिका १ की १३ वर्षीया बालिकामाथि बलात्कार भएको हो ।

गत बुधबार रूकुम पश्चिमको आठविसकोट नगरपालिका १४ बाँकेज्युलामा उनको बलात्कार भएको थियो । बालिकालाई आठविसकोट नगरपालिका १४ का २६ वर्षीय झलक जैसीले बलात्कार गरेको भन्दै प्रहरीमा उजूरी परेको छ ।

प्रहरीका अनुसार बालिकालाई बलात्कार गरेर अचेत अवस्थामा छाडेर जैसी भागेका थिए । उनी बुधबार राती ८ बजे बलात्कृत भएको प्रहरीले जनाएको छ । बालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले छ ।

बालिकालाई आठविसकोट नगर अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि बिहीबार नेपालगञ्ज पठाइएको छ । पीडित बालिकाका बुवाले ईलाका प्रहरी कार्यालय आठबिसकोटमा लिखित उजूरी दिएपछि जैशीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार