सरकारले फिर्ता बोलाएपछि नेपाल आए डा. युवराज खतिवडा

अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ पछि कतार एयरवेजको जहाजबाट उनी नेपाल फर्किएका हुन् ।शेरबहादुर देउवा नेतृत्वको सरकारले ओली सरकारका पालामा नियुक्त भएका राजदुतहरु फिर्ता बोलाउने निर्णय गरेपछि खतिवडा नेपाल आएका हुन्। यसअघि ओली सरकारका पालामा खतिवडा अर्थमन्त्री पनि थिए । अर्थमन्त्री हुनुअघि खतिवडा प्रशासनिक सेवाकै क्रममा नेपाल राष्ट्र बैङ्कको गभर्नर रहेका थिए ।

पछि ‌ओली सरकारले उनलाई अमेरिकाको राजदूत नियुक्त गरेको थियो। २०२० को अक्टोबरमा मन्त्रिपरिषद् बैठकले उनलाई संयुक्त राज्य अमेरिकाको लागि राजदूतको रूपमा
सिफारिस गरेको थियो । पूर्व गभर्नरसमेत रहेका खतिवडा ओलीका विश्वास पात्र मानिन्छन् । डा. खतिवडाले अमेरिका र यसका क्षेत्रहरू, र दक्षिण अमेरिकी देशहरू पनामा, कोस्टारिका, मेक्सिको, एल साल्भाडोर, होन्डुरस, र ग्वाटेमालामा पनि गैर आवासीय राजदूतको रुपमा काम गरेका थिए ।

यसका साथै अमेरिकामा नेपालको आवासीय राजदूतका रूपमा उनी विश्व बैङ्क, आईएमएफ र विश्व बैङ्क समूह ९आईबीआरडी, आईडीए, आईएफसी, एमआईजीए र आईसीएसआईडी० सम्बन्धी मामिलाहरू पनि हेर्ने उच्च कूटनीतिक अधिकारी रहेका थिए ।

Loading...