संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रियसभा अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदले राष्ट्रपतिलाई सिफारिस गरेको हो ।

आज बसेको प्रतिनिधिसभा कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको थियो । पार्टी विभाजन गर्न सभामुखले भूमिका खेलेको आरोप लगाउँदै एमालेले प्रतिनिधि सभा बैठक अवरूद्ध गर्दै आएको छ ।

एमालेको अवरोधका बीच सरकारले नयाँ बजेट ल्याएपनि अरु विधेयक अघि बढाएन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार