एमाले पोखराको अध्यक्षमा न्यौपाने

नेकपा एमालेको पोखरा महानगर कमिटी अध्यक्षमा दिलिप न्यौपाने चुनिएका छन् । उनी बिहिबार सर्वसम्मत रुपमा चयन भएका हुन् ।

पोखराको नेतृत्व लिन पाँच जनाले मनोनयन दर्ता गराएका थिए । हालका अध्यक्ष दिपक पौडेलसहित तेजनारायण अधिकारी, हरि त्रपाठी र धनबहादुर नेपालीको उम्मेद्वारी परेकोमा पटक पटकको छलफलपछि न्यौपाने सर्वसम्मत भएका हुन् ।

समितिको उपाध्यक्षमा राजकुमारी भुजेल, सचिवमा जीवन आचार्य तथा उपसचिवमा रामन्द्र थापा र सीता बिक चयन भएका छन् । यद्यपि, घोषणा हुन बाँकी छ ।

केही समय अघि मतदान गर्ने तयारी थियो । मतपत्र र मतपेटेका समेत तयार गरिएकोमा अन्तिम समयमा सर्वसम्मत नेतृत्व चयन भएको हो । कास्कीको माछापुच्छ्रेबाहेक सबैमा कार्यसमितिले पूर्णता पाएको छ । अन्नपूर्णमा विवेक देवकोटा, मादीमा बालकृष्ण गुरुङ र रुपामा सहबक्स मियाँ अध्यक्ष चुनिएका छन् ।

Loading...