म्याग्दीका कलमी सुन्तला बजारमा

म्याग्दीको बाँस्कुना गाउँमा उत्पादन गरिएको कलमी सुन्तला बजारमा आएको छ ।

म्याग्दीको बेनी नगरपालिका–४बास्कुना गाउँको सुन्तला बगैँचामा यतिबेला कलमी सुन्तला खरिद गर्न व्यापारी आउने क्रम सुरु भएको त्यहाँका अगुवा किसान तिलक गुरुङले बताए ।

उनका अनुसार किसानले बोटबाट नै प्रतिकिलोग्राम रु ६५ मा सुन्तला बिक्री गरिरहेका छन् । सुन्तला उत्पादनको मौसम आगाडि नै बास्कुनाका केही किसानले बजारमा ताजा सुन्तला बिक्री गर्ने उद्देश्यले कलमी गरिएको १८ सय केजी सुन्तला सदरमुकाम बेनी, पोखरा, काठमाडौँ लगायतका बजारमा बिक्री गरेका छन् ।

बजारमा अत्याधिक माग रहेको सुन्तलाको सिजन आगाडि र्नै उत्पादनमा जोड दिएको किसानले प्रतिकिलोग्राम रु ९५ देखि एक सयसम्म पर्ने गरी बजारमा बिक्री गरेको सुन्तला किसान सन्दिप केसीले बताए ।

बास्कुनाबाट केसीसहित अगुवा किसान भीम थापा, रुपा गुरुङ, दलबहादुर कार्की, तिलक गुरुङलगायतको बगैँचाबाट कलमी सुन्तला बिक्री भइरहेको छ । कलमी सुन्तला पोखरामा प्रति किलोग्राम रु १५० र काठमाडौँमा रु १८० मा बिक्री हुने गरेको व्यापारी बताउँछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार