बागलुङमा भिरबाट लडेर महिलाको मृत्यु, पुरुष बेपत्ता

बागलुङको बडिगाड गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन् । बडिगाड–५ दागाका ४६ वर्षीया देवी गुरुङको खरबारीमा खर बाँध्ने क्रममा चिप्लिएर लडेर मृत्यु भएको हो ।

उनी २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार बडिगाडकै अर्का एक पुरुष भिरबाट लडेर बेपत्ता भएका छन् । दसैँको अवसरमा बुर्तिबाङमा लागेको पूर्णिमा मेलामा सहभागी भएर फर्किने क्रममा बडिगाड गाउँपालिका–९ बस्ने २८ वर्षीय शङ्कर परियार भिरबाट लडेर बेपत्ता भएका हुन् ।

ढोरपाटन नगरपालिका–२ सिमलचौरदेखि मालरानी जाने गोरेटो बाटोको भिरबाट खसी बडिगाडखोलामा उनी बेपत्ता भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बता्रए । उनको खोला किनारमा खोजी भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार