अष्ट्रेलियामा जनसंख्या बढाउनका सित्तैमा जग्गा र भत्ता

अष्ट्रेलियाको एक सहरमा जनसंख्या बढाउनका लागि सरकारले सित्तैमा जग्गा बाँड्ने योजना अगाडि सारेको छ । जनसंख्या निकै कम भएको अष्ट्रेलियाको क्विल्पी सहरको प्रशासनले जग्गा बाँड्ने योजना अगाडि सारेको हो । हाल सहरको जनसंख्या जम्मा ८ सय मात्र छ । न्यून जनसंख्या सहरको अस्तित्वका लागि समेत चुनौती बनिरहेको छ । त्यसैले नगर प्रशासनले जनसंख्या बढाउन नयस्तो योजना अघि सारेको हो । यो योजना केवल अष्ट्रेलियन नागरिकका लागि मात्रै हो ।

क्विल्पी सहरमा गएर घर बनाएर बसोबास गर्न चाहने अष्ट्रेलियन नागरिकलाई सित्तैमा जग्गा मात्र होइन भत्ता पनि दिने प्रशासनको भनाइ छ । उक्त योजना केवल अष्ट्रेलियन नागरिकका लागि मात्र भएता पनि त्‍यहाँ बस्‍दै आएका मानिसहरुलाई थाहा नुहँदा कतिपय भारत, बेलायत, हङ्गकङ्ग तथा न्यूजिल्याण्डबाट समेत मानिसहरुले सोधपुछ गरिरहेका छन् ।

हालसम्म २ सयभन्दा धेरै मानिसले नगर प्रशासन समक्ष उक्त योजनाका विषयमा चासो व्यक्त गर्दै आवेदन दिएका छन् ।

क्विल्पीमा हालसालै स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा कामदारहरूको आवश्यकता छ । क्विल्पी क्विन्सल्याण्ड राज्यको एउटा सहर हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार