किनमेलका लागि सिटी सेन्टरमा प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा किनमेलका लागि सिटी सेन्टर पुगेका छन् । बेलायत जाने तयारीमा रहेका देउवा किनमेलका लागि कमलपोखरीस्थित सिटी सेन्टर पुगेका हुन् । केही सुरक्षा गार्डलाई लिएर शपिङका लागि उनी त्यहाँ पुगेका थिए ।

प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार (भोली) त्यसतर्फ प्रस्थान गर्दैछन् । त्यसैको लागि किनमेल गर्न देउवा सिटी सेन्टर पुगेका हुन्

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् । उनी बेलायतबाट नोभेम्बर ३ गते स्वदेश फर्कने र नोभेम्बर ४ तारेख बिहान स्वदेश आइपुग्नेछन् ।

Loading...