राजेन्द्र पाण्डे बागमतीको मुख्यमन्त्री बन्दै, आज को–को बन्दैछन् मन्त्री ?

बागमती प्रदेशमा आज एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दैछन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर बुधबार राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन् ।

नयाँ मुख्यमन्त्रीका लागि नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेतासमेत रहेका पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष दावी पेश गरिसकेका छन् ।

प्रदेश प्रमुख शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र मुख्यमन्त्रीका लागि दावी पेश गर्न बुधबार आह्वान गरेका थिए। पाण्डेलाई विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा अगाडि सारेका थिए।

पाण्डेलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपा सांसदसहित ५९ जना प्रदेश सांसदको समर्थन छ । नेकपा एमाले विभाजन भएपछि १३ जना प्रदेशसभा सदस्यले एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् ।

पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दैछन् । तत्काल तीन मन्त्रीसहित मुख्यमन्त्री पाण्डे सरकारमा जाने र तिहारपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनको तयारी छ ।

पहिलो चरणमा नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल, नेकपा माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेकपा (एकीकृत समाजवादी)बाट कृष्ण खनाल मन्त्री बन्ने बताइएको छ । उनीहरु सबै संसदीय दलका उपनेता हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार