शेषमान लामाको अध्यक्षतामा एमाले ककनी गाउँपालिका कमिटी सर्वसम्मत निर्वाचित

नुवाकोट ।

नेकपा एमालेको ककनी गाउँपालिकामा भएको प्रथम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन भएका छन् । एमालेको ककनी गाउँपालिका अध्यक्षमा शेषमान लामा निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा पवन फुयाल, सचिवमा योगेन्द्र तामाङ, उप–सचिवद्वयमा यम बहादुर लामा र कोपिला गुरुङ लगायत ७५ सदस्यीय ककनी गाउँपालिका कमिटी पनि सर्वसम्मत निर्वाचित भएका छन ।

अधिवेशनको उद्घाटन ककनी गाउँपालिका रानीपौवामा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यद्वय राजु लामा र काशीनाथ अधिकारीले संयुक्त रुपमा गरेका थिए । लामा र अधिकारीको उपस्थितिमा नवनिर्वाचित अध्यक्ष, अन्य पदाधिकारी एवम सदस्यहरुको पार्टीको पद तथा गोपनीयताको शपथ लिएका थिए । सोही अवसरमा ककनी गाउँपालिकाका सबै वडाबाट नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवम सदस्यहरुले समेत पार्टीको पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार