एमाले स्थायी कमिटी बैठक बस्दै, यी विषयमा हुदैँछ छलफल

नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ। बैठक अपराहन् ४ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा हुने भएको छ। एमालेले बाढीपहिरो प्रभावित क्षेत्रबाहेकमा ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन गरिसकेको छ।

बैठकले राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका तय गर्न सचिव तामाङले जानकारी दिए। एमालेले १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा आयोजना गर्दैछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार