फेसबुकले तीन महिनामा कमायो ९ अर्ब डलर नाफा

संसारकै ठूलो सामाजिक सञ्जाल फेसबुकले तीन महिनामा ९ अर्ब अमेरिकी डलर नाफा कमाएको छ । विवादबिच फेसबुकले सेप्टेम्बरसम्मको तीन महिनामा ठूलो नाफा कमाएको हो । अघिल्लो वर्षको यही अवधिमा उसको नाफा ७ दशमलव ८ अर्ब डलर थियो ।

एक पूर्व(कर्मचारीले फेसबुकले नाफामुखी भएको र अनैतिक व्यवहार गरेको आरोप लगाइरहँदा उसको नाफा भने बढिरहेको छ । एक महिनाअघि पूर्व-कर्मचारी फ्रान्सिस् हाउगनले फेसबुकले प्रयोगकर्ताको सुरक्षा भन्दा आफ्नो नाफामा ध्यान दिएको आरोप लगाएकी थिइन् ।

आन्तरिक कागजातको गोप्य चुहावट गर्ने क्रममा उनले फेसबुकले उनले फेसबुकले बालबालिकालाई नकारात्मक असर गरेको बताएकी थिइन् । फेसबुकका प्रयोगकर्ता एक वर्षमा ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार