जब सिंहदरबारभित्र अकस्मात गोली चल्यो…

सिंहदरबारभित्र गोली चलेको छ । यद्यपि कसैलाई लागेको छैन ।

बुधबार साँझ ५ बजेतिर राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी अंगरक्षक अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार अंगरक्षक भारतीको साथमा रहेको पेस्तोल झरेपछि गोली चलेको हो ।

अहिले प्रहरीले त्यहाँ मुचुल्का उठाउने र उनीसँग सोधपुछ गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार