बुधबार थपिए ६७२ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार १६७ र एन्टिजेन विधिबाट २ हजार ३२८ जनामा परिक्षण गर्दा ६७२ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १० हजार ८८० र एन्टिजेनबाट ९४ हजार ३०५ जना पुगेको छ ।

यस्तै, आज थप ४९५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८९ हजार १२५ जना पुगेको छ । निको हुने दर ९७.३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३८० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार