बागमतीमा भोलि ३ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गरिसक्नुपर्ने

बागमती प्रदेशमा भोलि (बिहीबार) अपरान्ह ३ बजेसम्ममा मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले बहुमतको अर्को सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयले दुई वा दुईभन्दा बढी दलहरूबाट बिहीबार अपरान्ह ३ बजेभित्र मुख्यमन्त्री पदको दावी गर्न आह्वान भएको छ ।

प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनुअघि नै मुख्यमन्त्री शाक्यले बुधबार प्रदेश प्रमुखसमक्ष राजीनामा दिएकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार