कोरिया जाने कामदारले पाँच हजार डलरको कोरोना बिमा गर्नुपर्ने

ईपीएस प्रणालीअन्तर्गत दक्षिण कोरिया जाने कामदारहरूले पाँच हजार अमेरिकी डलर बराबरको बिमा गर्नुपर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया जाने कामदारका लागि सो रकम बराबरको कोभिड–१९ को बिमा गर्ने कम्पनीहरूलाई आह्वान गरेको हो ।

वैदेशिक रोजगार विभागको प्रस्तावअनुसार एनएलजी, अजोड, प्रभु र प्रिमियर इन्स्युरेन्सले पोलिसी जारी गर्न तयार भएका छन् । यसअनुसार कोरिया जाने कामदारहरूले सम्बन्धित बिमा कम्पनीहरुसँग सम्पर्क गरी जोखिम बीमा गरी प्रमाण पत्र वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखामा बुझाउन सक्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार