प्रधानन्यायाधीश राणाको एकल इजलास सुरु, न्यायाधीशहरुको बहिष्कार

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सुनुवाइ सुरु भएको छ । आफ्नो राजीनामा माग गर्दै न्यायाधीशले मुद्दा नहेरिरहेका बेला प्रधानन्यायाधीश जबरा भने इजलासमा बसेका छन् ।

अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गरिरहँदा बुधबार प्रधानन्यायाधीश जबराले आफू मात्रै रहने पूर्ण इजलास पनि तोकेका थिए । सो इजलासमा उनले केहीबेर अघिदेखि सुनुवाइ सुरु गरेका हुन् ।

आफ्नो एकल इजलास राखेका उनले पाँचवटा मुद्दामा आदेश दिएका छन् । उनले अदालतको अपपहेलना, बन्दी प्रत्यक्षकीकरण र कालाबजार तथा कन्य केही कसर सम्बन्धी मुद्दा हेर्दै आदेश दिएका हुन् ।

इजलास बहिस्कार गर्ने न्यायाधीशहरूले आज पनि आन्तरिक छलफलमा छन् । विगत ३ दिन देखि विवादका कारण सर्वोच्चमा सुनुवाइ अवरुद्ध हुँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार