चीनबाट थप १० लाख २० हजार डोज भेरोसेल खोप आइपुग्यो

चीनबाट १० लाख २० हजार डोज कोभिडविरुद्धको खोप भेरोसेल नेपाल आइपुगेको छ । कोभ्याक्ससँगको कस्ट(सेयरिङमा सरकारले खरिद गरेको कोभिडविरुद्धको खोप बुधबार बिहान नेपाल आइपुगेको हो ।

चाइना साउदर्न विमानको कार्गो फ्लाइट खोप लिएर पौने १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।

नेपालले कोभ्याक्स कस्ट सेयरिङ अन्तरगत चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौता गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए । सोही सम्झौताको पहिलो खेप आज आएको उनले बताए ।

खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा राखिएको छ । आवश्यकता अनुसार वितरण गर्ने योजना रहेको विभागका आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार