सर्वोच्चका न्यायाधीशहरु आजपनि आन्तरिक छलफलमै

सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार पनि छलफललाई निरन्तरता दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने अडान लिएपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गरिदिन आग्रह गर्दै आएका छन् । उनीहरुले सोमबार र मंगलबारको इजलास पनि बहिष्कार गरेका छन् भने आज पनि इजलास बहिष्कार गर्नकै लागि बिहान ११ः३० बजेदेखि आन्तरिक छलफलमा बसेका छन् ।

आन्तरिक छलफलमै जुटेकाले आजको इजलास पनि बस्ने/नबस्ने अन्योलमा छ । यस्तै नेपाल बारले पनि प्रधान्यायाधीशले मार्ग प्रशस्त नगरे आन्दोलन गर्ने घोषणा गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार