पाेखरामा आज एमाले अधिवेशन, माछापुछ्रेमा स्थगित

दशौँ महाधिवेशन अन्तर्गत कास्कीका तीन पालिकामा अधिवेशन भएकाे छ । दुईवटामा स्थगित भएको छ ।

अन्नपूर्ण गाउँपालिकामा विवेक देवकोटाको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत चयन भएको छ । यहाँ ५ जनाले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका थिए ।

पालिका उपाध्यक्ष सगुन गुरुङ, वडाध्यक्ष चन्द्रबहादुर गुरुङ, नेताहरु गौरी सुवेदी, सोमनाथ पौडेल उम्मेदवार थिए । आन्तरिक रुपमा अन्य नेतालाई माथिल्ला तहमा समायोजन गर्ने सहमतिपछि नेतृत्व चयन भएको हो । समितिको उपाध्यक्षमा मिना गुरुङ, सचिव मदनप्रसाद पौडेल तथा उपसचिवमा दानबहादुर केसी र विराज सुवेदी चयन भएका छन् ।

मादीमा बालकृष्ण गुरुङको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । हरिबोल गौतम र पसबहादुर बास्तोलाले समेत अध्यक्षमा दावी गरेका थिए । उनीहरुलाई अन्य पदमा मिलाउने गरी सहमति जुटाइएको हो । मादीको उपाध्यक्षमा एकाजंग गुरुङ, सचिवमा सुवास सापकोटा, उपसचिवमा राजु अधिकारी र प्रतिक्षा पौडेल चयन भएका छन् ।

रुपामा पनि पूरानै अध्यक्षलाई निरन्तरता दिइएको छ । सहबक्स मियाँ नयाँ कार्यसमितिको अध्यक्ष बनेका छन् । वडा नम्बर ५ का सदस्य दामोदर घिमिरेले पनि दावी गरेका थिए । समितिको उपाध्यक्षमा निलकण्ठ रेग्मी, सचिव टेकबहादुर गुरुङ तथा उपसचिव बलबहादुर श्रेष्ठ र सोम सुनारी चयन भएका छन् ।

माछापुछ्रेमा स्थगित, पाेखरामा आज

पाेखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकामा अधिवेशन स्थगित भएकाे छ । माछापुछ्रेमा पदाधिकारीमा धेरैले आकांक्षा पेस गरेका छन् । सदस्य सर्वसम्मत भए पनि पदाधिकारीमा सहमति नजुट्दा स्थगित गरिएको छ ।

अध्यक्षमा चार जनाले दावी गरेका छन् । विक्रम गुरुङ, पानबहादुर क्षेत्री, महेश्वर दवाडी र यदुराम अधिकारीले मनोनयन दर्ता गराएका हुन् । उपाध्यक्षमा सूर्य गुरुङ, कृष्णकुमारी पौडेल दवाडी, षडानन्द गौतम र केशव पोखरेल, सचिवमा दुर्गाबहादुर क्षेत्री, अनुप गुरुङ, सुनिल गौतम र बालकृष्ण अधिकारी तथा उपसचिवमा ऋषि गौतम, राधिका अधिकारी र बलराम अधिकारी उम्मेदवार बनेका छन् ।

पोखरामा पनि आकांक्षी धेरै भएका कारण मंगलबार सहमति जुट्न सकेन । आज १० बजेदेखि अधिवेशन प्रक्रिया सुरु हुँदै छ । पोखराको नेतृत्वका लागि हालका अध्यक्ष दीपक पौडेल, तेजनारायण अधिकारी, दिलिप पौडेल र संजीवबहादुर कोइरालाले दावी गरेका छन् । अन्य पदमा पनि धेरैको आकांक्षा छ । सबै आन्तरिक लविङमा लागेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार