काठमाडौँमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा बुवाको मृत्यु, छोरी घाइते

काठमाडौँ , गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित सडकमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। बा ६३ प ६२०४ नम्बरको स्कुटरलाई बा २ ख १३८ नम्बरको ट्याङकरले मंगलबार बिहान ठक्कर दिँदा स्कुटर चालक गोकर्णेश्वर नगरपालिका–४ माकलबारी बस्ने ४४ वर्षीय गंगाराज राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार उनकी छोरी १९ वर्षीया सुस्मा राईको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ट्याङकर चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार