रोहित चन्द सम्मिलित पर्सिजाको दोस्रो हार

नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ताले दोस्रो हार व्यहोरेको छ । मंगलबार राति भएको इन्डोनेशियन लिगा वानमा रोहित सम्मिलित जाकर्ताले पर्सिबाय सिराबयसंग १-० गोल अन्तरको हार व्यहोरेको हो ।

पर्सिबायको जितमा जापानका खेलाडी ताईसाई मारिकायले खेलको २५ मिनेटमा निर्णायक गोल गरे । साफ उपविजेता भएपछि माल्दिभ्सबाट सिधै जाकर्ता पुगेका रोहितको यो पहिलो खेल हो । रोहितले पूरा समय खेलेका थिए ।

बराबरीसँगै पर्सिजाले ९ खेलबाट १३ अंक बनाउदै तालिकाको सातौं स्थानमा छ ।

इटालीयन प्रशिक्षक एन्जेलो एलेसिलोको आगमनपछि पर्सिजाले ३ खेलमा मात्रै जित निकालेको छ । ४ खेलमा बराबर खेल्दा २ खेलमा हार व्यहोरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार