पाकिस्तानको जीतमा खुसी व्यक्त गर्दा राजस्थानकी शिक्षिकाको जागिर गयो

टी २० खेलमा पाकिस्तानले जितेको खुसीयाली मनाउँदा भारतको राजस्थानमा एक शिक्षिकाको जागिर गुमेको छ । पाकिस्तानको जीतमा खुसी व्यक्ति गरेको भन्दै राजस्थानस्थित निजी स्कुलकी शिक्षिकाको जागिर गुमेको हो ।

भारत र पाकिस्तानबीच आइतबार भएको टी २० क्रिकेट खेलमा पाकिस्तानले जीत हाँसिल गरेको थियो । राजस्थानको उदयपुरस्थित निर्जा मोदी विद्यालयकी शिक्षिका नफिजा अत्तारीले सो जीतको समर्थन गरेको भन्दै उनलाई जागिरबाट निकाला गरिएको इन्डिया टुडेमा खबर छ ।

आइतबार भएको खेलमा भारतविरुद्ध पाकिस्तानले जितेपछि नफिजाले ‘हामीले जित्यौ’ भन्दै ह्वाट्सएपमा स्टाटस राखेकी थिइन् । नफिजाको सो स्टाटसले सामाजिक सञ्जालमा क्षणभरमै चर्चा कमाएको थियो ।

सो स्टाटस विद्यालय व्यवस्थापन समितिसमक्ष पुगेको केहि बेरमै नफिजालाई समितिले जागिरबाट निकालेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार