पर्यटन क्षेत्रलाई सुधार गर्न नसके पदमा नबस्ने मन्त्री आलेको उद्घोष

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पर्यटन क्षेत्रलाई सुधार गर्न नसके आफु पदमा नवस्ने उद्घोष गरेका छन् । मंगलबार पर्यटन बोर्डले काठमाडौँमा आयोजना गरेको स्वागत कार्यक्रममा आफूलाई पार्टीले विश्वास गरेर सरकारमा पठाएको भन्दै पर्यटन क्षेत्रलाई सुधार गरेरै देखाउने र काम गर्न नसके पदमा नबस्ने उद्घोष गरेका हुन् ।

उनले अहिले आफु परीक्षामा रहेको र उत्कृष्ट नतिजा ल्याएर देखाउने बताए । नेपाल एयरलाइन्सलाई घाममा सुकाएर राख्ने नीति अव सह्य नहुने उनले बताएका छन् । उनले निजी एयरलाइन्सलाई पोस्ने काम भएको भन्दै अब नेपाल एयरलाइन्सको सुधार गरेर देखाउने धारणा ब्यक्त गरे ।

आफु आएको ४८ घण्टाभित्रै वायुसेवा निगमको आन्दोलन फिर्ता गराउन सफल भएको भन्दै उनले कर्मचारीको माग अनुसार नै नयाँ अध्यक्ष नियुक्त गरेको बताए । मन्त्री आलेले सीमित स्रोत र साधनकाबीच सुधारको काम गरेर देखाउने जिकिर गरेका छन् ।

कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरूले कोरोनाका कारण देखिएको समस्याका बारेमा जानकारी गराउँदै समाधानका लागि आग्रह गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार