केपी ओलीले मागे परमादेश दिने ५ जना न्यायाधीशको राजीनामा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश जारी गर्ने ५ जना न्यायाधीशलाई राजीनामा गर्न सुझाव दिएका छन् । मङ्गलवार पार्टी कार्यालय बबरमहलबाट एमालेको पालिका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले पाकिस्तानी शैलीमा परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्ने बताएका हुन् । ओलीले नागरिकले न्यायका लागि भरोसा गर्ने ठाउँ अदालतलाई विवाद र तमासाको थलो नबनाउन आग्रह समेत गरे ।
ओलीले बार र वकिलले संसद् विघटनका बेला बार र वकिलले इजलास तोक्ने काम गरेको आरोप लगाउँदै हुँदै नभएको आधारमा राष्ट्रपतिलाई परमादेश जारी गरिएको जिकिर गरेका छन् । एमाले अध्यक्ष ओलीले वर्तमान पूर्ण रूपमा असफल भएको दाबी गरे ।
विकास निर्माणका लागि वर्तमान सरकार नबनेको भन्दै उनले आफ्ना मान्छे नियुक्ति गर्ने र कर्मचारीको सरुवा आतङ्क मच्चाउने काम गरेको धारणा ब्यक्त गरे । उनले व्यवस्थापिका प्रभावकारी ढङ्गले अघि बढ्न नसकेको र निस्प्रभावी र पक्षपातपूर्ण भएको बताएका छन् ।
ओलीले जनताका चाहना नै एमालेको चाहना भएको भन्दै एमाले एकताबद्ध बनेको सन्देश जनतामाझ पुर्‍याउनु अहिलेको आवश्यकता रहेको उल्लेख गरे । ओलीले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने पार्टी एमाले मात्रै रहेको दाबी गरेका छन् । ओलीले व्यक्तिगत स्वार्थ, गुटगत स्वार्थबाट जोगिएर अघि बढ्न कार्यकर्तालाई आह्वान गरे ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार