आन्तरिक छलफल सकेर प्रधानन्यायाधीश भेट्न पुगे न्यायाधीश

आन्तरिक छलफल सकेर सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग छलफलका लागि पुगेका छन् । प्रधानन्यायाधीशसँग न्यायाधीशहरुले मंगलबार बिहान साढे ११ बजे भेट्न कार्यक्रम रहेपनि छलफलमा व्यस्त रहेका कारण केहीबेर ढिलो भएको हो ।

प्रधानन्यायाधीशसँग छलफलमा बस्नु अघि १५ जना न्यायाधीशले आपसमा छलफल गरेका थिए । जबरामाथि कार्यपालिकामा भागबण्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेकोलगायतका आरोप असन्तुष्ट न्यायाधीशहरूको छ । सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले उनलाई ‘मार्ग प्रशस्त’ गर्न आग्रह गर्दै आएका छन् ।

प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच जारी छलफलले कस्तो निष्कर्ष निकाल्छ भन्नेमा सर्वत्र चासो बढेको छ ।

न्यायाधीशहरुले सोमबार पूर्णबैठक (फूलकोर्ट) र इजलास बहिष्कार गरेका थिए । न्यायाधीशहरुले बहिष्कार गर्दा सोमबार फूलकोर्ट बैठक बस्न सकेन । प्रधानन्यायाधीश जबराले फूलकोर्टको एजेन्डाबारे छलफलै नगरी बैठक आह्वान गरेको भन्दै न्यायाधीशहरुले आपत्ती जनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार