‘पे ग्याप’विरुद्ध बोल्न थाले बलिउड अभिनेत्रीहरू

पछिल्लो समय बलिउडमा पारिश्रमिकको विषयमा चर्चा हुन थालेको छ । फिल्ममा नायकको तुलनामा आफूहरूको भूमिकाझैँ पारिश्रमिक पनि निकै कम हुने भएकाले नायिकाहरूले आवाज उठाएका हुन् ।

विशेषत स्टार कलाकारहरूको फिल्ममा यस्तो हुने गर्छ । सलमान खान, शाहरूख खान, आमिर खान, अक्षय कुमार, अजय देवगन लगायतको फिल्ममा नायिकाले पाउने पारिश्रमिक निकै कम हुने गरेको छ । नायक बराबर नै काम गर्ने भए पनि नायिकाको पैसा किन कम रु भन्दै बेलाबखतमा भइरहने विद्रोह पछिल्लो समय करीना कपूर खानका कारण चर्चामा आएको हो ।

उनले एक फिल्मका १२ करोड भारतीय रुपैयाँ डिमाण्ड राखेकै कारण निकालिनुपरेपछि यसको बहस अगाडि बढेको थियो । करीनाको भनाइमा समर्थन जनाउँदै ताप्सी पन्नु, सोनम कपूरले बोलेकी थिइन् ।

सोनमले मतभेद बलिउडकर्मीमा रहेको बताएकी छिन् । ‘बलिउडमा हुने पे ग्याप हास्यास्पद छ । म परम्पराको खिलाफमा छु । यसरी बोल्दा मैले फिल्म पाउँदिन भने पनि मलाई केही मतलब छैन’, सोनामले एक भारतीय पत्रिकासँग कुरा गर्दै भनेकी छिन् ।

उनले पछिल्लो समय नायिकाले लिड गरेको फिल्मले समेत एक सय करोडको बक्स अफिस पार गरिसकेको उदाहरण समेत पेस गरेकी थिइन् । सोनमझैँ एक्ट्रेस सोनाक्षी सिन्हाले पनि पारिश्रमिकमा हुने ग्याप अमान्य रहेको बताएकी छिन् ।

आफ्नो एक म्युजिक भिडियो प्रमोसनको क्रममा हालै उनले दिएको अन्तर्वार्तामा पारिश्रमिकको विषयमा बोलेकी हुन् । ‘कन्टेन बलियो नहुँदा स्टारको फिल्म पनि चिप्लिएका छन्, त्यसैले यो पे ग्यापको विरुद्ध म पनि छु’, उनले भनेकी भनिन् ।

Loading...