पाँचथरबाट झापातर्फ जाँदै गरेको बस फिदिममा खस्दा ५४ जना घाइते

पाँचथरबाट झापातर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका-५ को सिवा खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बसमा ६० भन्दा बढी यात्रु रहेको बताइएको छ । बस सडकबाट खसेर अर्को गोलाइमा पुगेको छ । गम्भीर अवस्थाका घाइतेहरूको पाँचथरमा उपचार हुन नसकेपछि झापा तथा मोरङका अस्पतालहरूमा रिफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार