प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ कायम भएको छ ।

छापावाल सुन बुधबार प्रतितोला ९१ हजार ४०० मा कारोबार भएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजावी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला २५ रुपैयाँले बढेर आज एक हजार २६० रुपैयाँ पुगेको छ । चाँदी बुधबार प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

Loading...