काठमाडौँबाट ११ अफगानी नागरिक पक्राउ

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको सिनामंगलस्थित एक घरबाट ११ जना अफगान नागरिकलाई पक्राउ गरेको छ । ब्युरोको टोलीले सोमबार बिहान उनीहरु बसेको घरमा छापा हानेर पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ । बरामद भएको भारतको आधारकार्ड नक्कली भएको प्रहरीको भनाइ छ ।

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेका थिए । सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएर काठमाडौं आइपुगेका उनीहरु सिनामंगलस्थित एक घरमा बसेका थिए । उनीहरुलाई अध्यागमन विभागलाई बुझाउने तयारी भएको ब्युरोले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार