बालबालिकालाई दिन मिल्ने कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज कोरोना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत उपलब्ध गराइएको फाइजर खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो ।

१८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दिन मिल्ने कोरोनाविरुद्धको फाइजर खोप आएको हो । माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोपअनुदानमा दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ लाख ६३० डोज फाइजर खोप आएको छ ।

फाइजर खोप नेपाल आएको पहिलोपटक हो । यसअघि नेपालमा अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् । खोप भण्डारण गर्न सरकारले चारवटा कोल चेन तयार गरेको छ। ती कोल चेनमा १ लाख डोज खोप भण्डारण क्षमता रहेको छ। यसअघि कोभ्याक्स सुविधाले युनिसेफसंँगको सहकार्यमा फाइजर खोप भण्डारण गर्नका लागि चारवटा फ्रिज नेपालमा ल्याइएको थियो ।

यो खोपको सेल्फ लाइफ पूर्णरूपमा कायम गर्न अल्ट्रा कोल्ड चेन माइनस ४४ देखि माइनस ८० सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । फाइजर खोपलाई माइनस १५ देखि २५ डिग्री सेल्सियसमा १४ दिन भण्डारण गर्न सकिन्छ। माइनस २ देखि ८ डिग्री सेल्सियसमा ३१ दिन मात्र राख्न सकिन्छ।

यो खोप एकपटक अल्ट्रा कोल्ड चेन ९माइनस ४४ देखि माइनस ८० सेल्सियस० बाट २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गरेपछि फेरि माइनस तापक्रममा राख्न हुँदैन। तसर्थ यो खोप प्राप्त भएपछि कार्यक्रम सञ्चालन हुँदा विशेष ध्यान दिनुपर्ने महाशाखाका कर्मचारीहरु बताउँछन्।

फाइजर खोप अन्य जस्तै एक ब्यक्तिलाई २ मात्रा दिनु पर्छ । हाल प्राप्त हुने १ लाख ६२० मात्रा खोप दुवै मात्रा दिनको लागि सुनिश्चितता गरेर करिव ४५ हजार जनालाई पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा दिनेगरी व्यवस्था गरिएको छ। यो खोप १२ देखि १८ वर्षसम्मका दीर्घरोगी बालबालिकालाई दिने सरकारको तयारी छ ।
यस्तै यसअघि सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज खरिद सम्झौता गरिसकेको छ ।

Loading...