मेस्सी बिनाको पहिलो एल क्लासिकोमा बार्सिलोना घरेलु मैदानमै स्तब्ध

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । रियल मड्रिडले बार्सिलोनालाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो ।

रियल मड्रिडको जितमा डेविड अलाबा र इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा लुकास भाज्क्वेजले गोल गरेका हुन् ।

लियोनल मेस्सी बिनाको पहिलो एल क्लासिकोमा बार्सिलोनाका लागि इन्जुरी समयको सातौँ अर्थात ९७ औँ मिनेटमा सर्जियो अग्युरोले गोल गरे । बार्सिलोनाका लागि उनको पहिलो गोल हो ।

जितपछि ९ खेलबाट २० अंकसहित रियल मड्रिड दोस्रो स्थानमा छ । नवौँ स्थानमा पुगेको बार्सिलोनाको ९ खेलबाट १५ अंक भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार