भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

विश्वकप क्रिकेट अन्तर्गत भएको आइतबार राति खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको छ ।

पाकस्तानले भारतलाई क्रिकेटको विश्वकपमा हराएको यो पहिलोपटक हो । यसअघिका पाँचवटै विश्वकपमा पाकिस्तानले भारतसँग हार व्यहोरेको थियो ।

आइतबार भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्ताले १७.५ ओभरमा विकेट नपुर्‍याई पूरा गरेको थियो । पाकिस्तानका मोहम्मद रिजुवानले ७९ र कप्तान बाबर आजमले ६८ रन बनाए ।

यसअघि टी ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत आइतबार बेलुकी भइरहेको खेलमा भारतले पाकिस्तानलाई १५२ रनको लक्ष्य दिएको थियो ।

युएईको दुबई क्रिकेट मैदानमा टस जितेर बलिङ जितेको पाकिस्तानले उत्कृष्ट प्रदर्शन गरेको थियो । भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५१ रनमात्र जोड्न सक्यो। भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन जोडे । यसैगरी विकेट किपर ऋषभ पन्तले ३९ रन बनाए । पन्त र कोहलीबीच चौथो विकेटका लागि ५३ रनको साझेदारी भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार