महोत्तरीमा ४ वर्षपछि पुन: मतगणना, प्रतिद्वन्द्वी उम्मेदवार विजयी

अदालतको आदेशमा चार वर्षपछि महोत्तरीमा पुनस् मतगणना हुँदा प्रतिद्वन्द्वी उम्मेदवार दुई मतले विजयी भएका छन् । महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर १० को अध्यक्ष पदमा स्थानीय तह निर्वाचन २०७४ को मतगणनामा मतपरिणाम उल्टिएको हो ।

आइतबार चार वर्षपछि भएको पुनस् मतगणनामा स्थानीय तहको निर्वाचनमा पराजित उम्मेदवारलाई जिताइएको पाइएको हो । त्यसबेला मतगणना गर्दा दुई उम्मेदवारको बराबर मत आएको भनिएको थियो ।

तर यसबारे उच्च अदालत जनकपुरमा मुद्दा परेको थियो । उच्च अदालत जनकपुरको आदेशपछि आज गरिएको मतगणनामा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय २ मतले विजयी भएका छन् । उनले २ सय ६८ मत पाएका छन् । हालका वडाअध्यक्ष अरुणकुमार चौधरीले भने २ सय ६६ मत पाएका छन् ।

२०७४ असोज २ मा भएको स्थानीय तह चुनावमा दुवै जनाले २६७ मत ल्याएको भन्दै गोलाप्रथाबाट अरूणकुमार चौधरीलाई वडाध्यक्ष बनाइएको थियो । अरूणकुमार नेपाली कांग्रेसबाट उम्मेदवार थिए ।

स्थानीय तहको कार्यकाल सक्किनै लाग्दा सर्वोच्च अदालतको आदेशमा आइतबार पुनस् मतगणना गर्दा अर्का उम्मेदवार राय वडाअध्यक्षमा विजयी भएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार