शुक्रबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

अर्को बैठक ३० गते बस्ने

शुक्रबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । भोलि बस्ने भनिएको केन्द्रीय समितिको बैठक आगामी ३० गते बस्ने गरी स्थगित भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै भोलिका लागि बोलाइएको बैठक चैत ३० गते २ बजे बस्नेगरी मिति तोकिएको जानकारी गराएका हुन् ।

समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारेमा छलफलका लागि बोलाइएको उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुलाई बोलाइएको छ ।

यसअघिको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार