तोलामा एक हजारले बढ्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य ८९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसअघि मंगलबारको तुलनमा बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलामा १ हजार २ सय ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १ हजार २ सय ६० रुपैयाँ पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार