एसियन अनलाइन कराँते कातामा बिहुंकोटलाई ४ स्वर्ण, ३ रजत र ४ कास्य पदक

हालै भारतमा सम्पन्न फस्ट एसियन अनलाइन कराँते च्याम्पीएन २०२१ मा नेपालका तर्फबाट सहभागी बिहुंकोट करातेका खेलाडिहरुले ४ स्वर्ण, ३ रजत र ४ कास्य गरि कुल ११ पदक जित्न सफल भएका छन् ।

विगतमा पनि धेरै राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रतियोगिताहरुमा आफ्नो बलियो उपस्थिति देखाउन सफल बिहुंकोट करातेले अहिलेको महामारिको सन्दर्भमा धेरै राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रतियोगितामा भर्चुअल माध्यामबाट सहभागी भई जित हासिल गरिरहेको छ ।

उक्त प्रतियोगिता मा पुरुष १८, १७ ,१४ र १२ वर्ष मुनिका स्पर्धामा क्रमश: शिसिर पुन, सुगम गुरुङ, इन्सान बोहोरा र आशिष निउरेले स्वर्ण पदक जित्न सफल भयका छन । त्यस्तै महिला १६ र १४ वर्ष मुनिको स्पर्धामा प्रकृति कंडेल र एलिशा पुन अनि पुरुष १४ वर्ष मुनिको स्पर्धामा सुजन श्रीशले रजत पदक जितेका छन । मास्टर्स कातामा प्रशिक्षक कृष्ण प्रसाद कंडेल, महिला १८ र २० वर्ष मुनिका स्पर्धामा गुन्जन श्रीश र मनिषा छन्तेल र पुरुष १२ वर्ष मुनिका स्पर्धामा पौरख कंडेलले कास्य पदक गरि कुल ११ पदक जितेका छन् ।

१८ देश का ४०० बढी खेलाडिको सहभागितामा सम्पन्न उक्त प्रतियोगितासँगै विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भइ जितेका मेडल र प्रमाणपत्र पनि आजै एक समारोहका बिच वितरण गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार