६ सय ६२ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ११ हजार ५७९

नेपालमा बुधबार थप ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २२ पिसिआर परिक्षणका क्रममा ५३५ जना र १ हजार ४०४ एन्टीजेन परिक्षणका क्रममा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७ सय ४८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ७५८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८४ हजार १५५ जना निको भएका छन् । हाल ११ हजार ५७९ सक्रिय संक्रमित आइसोलेशन र २२७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Loading...