कमला नदीको पुल फेरि भासियो

सिरहा जोड्ने कमला नदीमाथिको पुल फेरि भासिएको छ ।

दुई दिनदेखि भइरहेको वर्षाले नदीमा बढेको पानीको बहाव थेग्न नसकेर पुलको पिलर भासिएको हो ।

हुलाकी सडकको मेरुदण्डको मानिने यो पुलको पश्चिमतीरबाट तेस्रो नम्बरको पिलर भासिएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए । उनका अनुसार दुई फिट जति पिलर भासिएको सूचना आएको छ ।

यसअघि गएको असारमा आएको बाढीले पूर्व तर्फबाट यो पुलको दोस्रो नम्बरको स्पान भासिएको थियो । ९९ प्रतशित काम सकेर उद्धघाटनको तयारीमा रहेको यो पुल भासिएपछि ठेकेदार कम्पनी पप्पु–लुम्बिनी जेभीलेले केही दिनभित्रै मर्मत गर्ने जनाएको थियो ।

४७० मिटर लामो यो पुल निर्माणका लागि ०६८ सालमा पौने २५ करोडमा ठेक्का सम्झौता भएको थियो । ११ मिटर चौडाइ रहेको कमला पुलमा १२ वटा स्पान रहेको छ । लामो समयदेखि पुल निर्माण कार्य सम्पन्न नहुँदा सर्वसाधारण तथा किसानले डुंगा चढेर आवातजावत गर्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार