पाँचथरमा पहिरोमा परि ५ जनाको मृत्यु

पाँचथरका विभिन्न स्थानमा पहिरोमा परि ५ जनाको मृत्यु भएको छ । सदरमुकाम फिदिम, मिक्लाजुङ,फाल्गुनन्द र कुम्मायक गाँउपालिकामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको हो ।

फिदिम–४ जोरसालमा पहिरोले घर पुर्दा आमा-छोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले पुरिएर २५ वर्षीया ममता मगर र ४ वर्षीय छोरा रोयल मगरको मृत्यु भएको हो ।

मिक्लजुङ,फाल्गुनन्द र कुम्मायकमा एक–एक जनाको ज्यान गएको छ भने विभिन्न स्थानमा २ जना बेपत्ता भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार