विराटनगर विमानस्थलमा बाढी पसेपछि सबै उडान रद्ध

अविरल वर्षापछि विराटनगर विमानस्थलमा बाढी पसेका कारण काठमाडौं–विराटनगरका सबै उडान रद्ध भएका छन् । उडान रद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन् ।

विमानस्थलको टर्मिनल भवनमा पानी पसेको छ भने रनवेमा पनि पानी जम्मा हुँदा उडान प्रभावित बनेको हो । वर्षा र बाढीका कारण विराटनगर विमानस्थल जलमग्न छ । केसलीया खोलामा आएको बाढी पसेकाले रनवे, पार्किङ एरिया लगायतका स्थान डुबानमा परेका छन् ।

काठमाडौं–विराटनगर नियमित उडान गर्दै आएका बुद्ध र यती एअरले सूचना जारी गरी आज निर्धारित सबै उडानहरु रद्ध गरेको जानकारी दिएका छन् ।

खराब मौसमका कारण मंगलबार पनि एक सय वटा आन्तरिक उडानहरु रद्ध भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार