जंगली हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुराको आज बिहान मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको छ । नजिकैको सामुदायिक वनबाट नौ–दशका सङ्ख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो–हल्ला गरेका थिए ।

सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । ‘डिलाशैनी सामुदायिक वनबाट आएका हात्तीले आक्रमण गरेको हो,’ शुक्लाफाँटा–१२ का वडाध्यक्ष बाले रानाले भने, ‘अझै जङ्गल किनारका बस्तीमा हात्तीले आक्रमण गर्नसक्ने त्रासदी छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार