नबिल बैंकमा डेपुटी सिईओको जिम्मेवारीमा ज्ञावली थपिए

नेपालको अग्रणी बैंक नबिल बैकको डेपुटी सिईओको जिम्मेवारी मनोज ज्ञावलीले पाएका छन । नायब महाप्रबन्धकको रुपमा कार्यरत ज्ञावलीलाई महाप्रबन्धकमा बढुवासहित डेपुटी सिईओको जिम्मेवारी दिने निर्णय सञ्चालक समितिको सोमबारको बैठकले गरेको छ । बैंकमा अब डेपुटी सिईओको जिम्मेवारीमा तीनजना भएका छन । यसअघि नै बिनय रेग्मी र सुजित शाक्य बैकको डेपुटी सिईओको रुपमा छन्। यो बैंकले महाप्रबन्धकलाई डेपुटी सिईओको जिम्मेवारी दिने गरेको छ ।

ज्ञवाली नबिल बैकमा जोडिनुअघि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। नेपाल राष्ट्र बैंकमा समेत काम गरेका उनी चार्टर्ड एकाउन्टेन्ट हुन्। बैकिङसँगै नेपालको राजनीति र अर्थतन्त्रसँग जोडिएका विषयमा ज्ञावलीले सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने बिचार नेपाली मिडियाका महत्वपूर्ण समाचार बन्ने गरेका छन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार