मोहन वैद्यलाई भेट्न नर्भिक पुगे अर्थमन्त्री शर्मा

अर्थमन्त्री एंव नेकपा (माओवादी केन्द्र)का नेता जर्नादन शर्माले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर मन्त्री शर्माले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन्। स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य आइतबार नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

सो क्रममा वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका थिए । दमको समस्याबाट पीडित वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । यसअघि आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्भिक अस्पताल पुगेर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

कम्युनिष्ट राजनीतिमा लामो समय बिताएका वैद्य प्रचण्डका राजनीतिक गुरु पनि हुन् । ​वैद्यले पछिल्लो समय नेपालमा राजासहितको लोकतन्त्रका लागि वकालत गर्दै आएका छन् ।

Loading...